पहिरोले गोठ पुरिँदा बागलुङमा किशोरीको मृत्यु

Share:

बागलुङ – बागलुङको गल्कोट नगरपालिका ८ ज्यामिरेमा खसेको पहिरोले गोठ पुरिँदा एक किशोरीको ज्यान गएको छ ।

मंगलबार बिहान साढे ६ बजेतिर माथिबाट खसेको पहिरोले गोठ पुरिँदा भैँसी दुहुँदै गरेकी १७ वर्षकी सीता गौतमको ज्यान गएको हो। पहिरोमा परेर गोठमा रहेका चौपाया समेत मरेका छन् ।

गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: