
काठमाडौं। मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइरहेका एक युवक डिउटीमा खटिएका प्रहरीलाई ‘घुस’ दिन खोज्दा पक्राउ परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाकाे घलाते क्षेत्रमा डिउटीमा खटिएका प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने ३५ वर्षी मिनबहादुर तामाङ पक्राउ परेका हुने ।
मादक पदार्थ सेवन गरेका तामाङले सवारी चेकिङ गर्न आएका प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए । डिएटीमा खटिएका प्रहरी कर्मचारीले उनलाई १ हजार रुपैयाँसहित नियन्त्रणमा लिएका जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
