
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । आज साँझ ४ बजे मौद्रिक नीति सार्वजनिक हुने भएको हो ।
ढिला गरी आउन लागेको यस पटकको मौद्रिक नीतिमा बैंकहरुको बिग मर्जरको इसु निकै चर्चामा रहेको छ । राष्ट्र बैंकले बिग मर्जर कसरी ल्याउँछ, फोर्स मर्जर गर्छ वा गर्दैन् भन्ने विषयलाई चासोका रुपमा हेरिएको छ ।
असार २७ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले सार्वजनिक मिति पछि धकेलिएको थियो ।
चालु आर्थिक वर्षको (२०७६÷०७७) को लागि आजै मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बैंकका टेपुडी गर्भनर चिन्तामणी शिवाकोटीले बताए ।
कमेन्ट गर्नुहोस्
