पोखरा विमानस्थलको उडान अवतरण अवरुद्ध

Share:

पोखरा । प्रतिकूल मौसमका कारण पोखरा विमानस्थलको सेवा अवरुद्ध भएको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण पोखरा विमानस्थलको उडान अवतरण सेवा अवरुद्व भएको हो ।

पोखरा विमानस्थलका प्रशासन अधिकृत काशीनाथ पौडेलका अनुसार बिहानबाट एउटा पनि उडान भएको छैन् । मौसम सफा भएपछि मात्र अवरुद्व सेवा सूचारू हुने उनले बिगखबरलाई जानकारी दिए ।

मौसम सफा हुँदा विमानस्थलबाट सानाठूला गरी दैनिक ४० देखि ५० उडान हुने गरेका छन् । विमानस्थलबाट मंगलबार २५ उडान भएको थियो भने सोमबार २८ उडान भएको थियो ।

यो विमानस्थललाई राजधानी बाहिरको व्यस्त विमानस्थल मानिन्छ। पोखराबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङ, भैरहवालागयतका गन्तव्यमा उडान हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: