मलेसियामा नेपालीसहित ३१ आप्रवासी कामदार पक्राउ

Share:

एजेन्सी ।  मलेसियामा अवैधानिक रुपमा बसेर रोजगारीका कार्यरत ५ जना नेपालीसहित ३१ जना विदेशी कामदारलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारी सञ्चार माध्यम बनर्माले मलेसियाको अध्यगमनलाई उदृत गर्दै ५ जना नेपाली, १३ जना थाइल्याण्ड १० जना बंगलादेशी, दुई ईण्डोनेशियाली तथा एकजना भारतीय पक्राउ परेको जनाएको छ ।

मलेसियाली समाचार संस्था बनर्माका अुनसार अध्यगमन प्रहरीले अवैध रुपमा बसेका विदेशी कामदार रहेको पसल, रेष्टुराँहरुमा छापामारि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जुरुस्थित हिरासतमा राखिएको छ । पक्राउ परेका कामदारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: