लाइसेन्स कार्यालयमा बिचौलियाको काम गर्ने ६ जना पक्राउ

Share:

काठमाडौं– ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालमा बिचौलियाका रुपमा कार्यरत ६ जना व्यक्ति पक्राउ परेका छन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आउने सेवाग्राहीको काम सहज बनाइदिने भन्दै पैसा असुल गर्ने ६ जना व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ ललितपुरको तिखिदेवल बस्ने पृथ्वीराज कार्कीसहित ६ जना छन् । महानगरीय प्रहरी बृत्त सातदोबाटोले उनीहरुलाई एकान्तकुनास्थित यातायात कार्यलयबाटै पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: