
एजेन्सी । ला लिगाका अध्यक्ष जेभिएर टेबासले एटलेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजमम्यानलाई प्रतिबन्ध लगाउन प्रस्ताव गरेको बताएका छन् । खेलाडी ट्रान्सफर प्रक्रियामा अनियमितता भएको भन्दै एटलेटिको मड्रिडले ला लिगासँग ग्रिजम्यानलाई प्रतिबन्ध गर्नको लागि प्रस्ताव गरेको हो ।
यसैगरी टेबासले मड्रिडले ग्रिजम्यानको लाइसेन्स पनि खारेज गर्न आग्रह गरेको दाबी गरेका छन् । उनले स्पेनिस मिडिया ओन्डा केरोसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ग्रिजम्यान भर्खरैमात्र १२० मिलियन डलरमा एटलेटिको मड्रिडबाट बार्सिलोनामा गएका थिए ।
उनको रिलिजका लागि बार्सिलोनाले १२० मिलियन युरो तिरेको थियो । मड्रिडले भने बार्सिलोनासँग २०० मिलियन युरो मागेको थियो । यस्तो भेटिएमा ग्रिजम्यानलाई कारबाही गर्नुपर्ने टेबासको भनाइ छ ।
