यात्रुका लागि धराप बन्दै पर्वतका लोकमार्ग

Share:

पर्वत। पर्वतका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ ।

त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ । गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ ।

स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थितरूपमा छेउमा थुपारिएको गेग्र्यानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ ।

त्यति मात्रै होइन, सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठूला ‘ब्रेकर’ फुटाइएकाले पहिरो खस्ने क्रम बढेपछि यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ ।

सडकमा साना–ठूला सवारी चाप बढ्दो छ । मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा यतिबेला दैनिकजसो खस्ने पहिरोले सवारीसाधनमा यात्रा गर्ने त्रसित हुन्छन् ।

राजमार्गमा पहिरो खसेको एक घण्टाभित्रै खुलाउने गरी मध्यपहाडी आयोजनाले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भए पनि घण्टौँसम्म ठेकेदार कम्पनीले बाटो खुलाउन बेवास्ता गर्ने यात्रुको गुनासो छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: