आमिर पछि जीतेन्द्र आए, शाहरुख खान र ऐश्वर्या राय आउँदै

Share:

बलिउडका चर्चित सेलिब्रेटीहरुले नेपाल पाईला धमाधम राख्न थालेका छन् । केही दिन अघि  यूनिसेफको निम्तोमा पोषण दूत बनेर आमिर खान आएको समाचार सेलाउन नपाउदै बलिउडका पूराना अभिनेता  जीतेन्द्र कपूर श्रीमती सहित आज नेपाल आएका हुन ।

उनी एक हप्ते भ्रमणका लागि नेपाल आएको भ्रमण ब्यवस्थापन हेरेको फिल्म वितरण कम्पनी दर्शना आर्ट्सका  सिईओ सुरेश दर्पण पोखरेलेको भनाई छ ।  जीतेन्द्रको यो नेपाल भ्रमण चौथो पटक हो । ४० बर्ष अघि उनी विवाह लगत्तै हनिमुन मनाउन पहिलो पटक नेपाल आएका थिए ।

बलिउड अभिनेता तुषार कपूरका पिता एवं निर्माता एकता कपुरका पिता समेत रहेका ७२ बर्षे जीतेन्द्रले श्रीमती शोभाका साथ पोखराका रमणीय क्षेत्र  घुम्ने योजना बुनेका छन् ।

विश्व सुन्दरी एवं बच्चन परिवारकी बुहारी समेत रहेकी अभिनेत्री ऐश्वर्या राय पनि  चाँडै नेपाल आउँदैछिन् । ऐश्वर्या बाहेक कान्साई न्यारो ल्याक पेन्टसले बलिउड किंग शाहरुख खान लाई पनि नेपाल ल्याउने तयारी गरिरहेको छ । जसको प्रचारमा केही हप्ता देखि न्यारोल्याक तीब्र गतिमा उत्रि रहेको छ ।

यस अघि फिल्म सुटिङ गर्न अक्षय कुमार, सनी लियोनी ,अरसद वारसी र  अनुपम  खेर पनि नेपाल टेकेको लामो समय भएको छैन् ।

Newsfilmy.com

कमेन्ट गर्नुहोस्
Share: