खोलाले बगाएको किशोरीको शव फेला 

Share:

वीरगञ्ज । ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको शव पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा बिहीवार बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ ।

लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए ।

मंगलबारदेखि आएको अविरल वर्षाका कारण ठोरी गाउँपालिका–३ को रामनगर र बुद्धनगरमा रहेको खानेपानीको पाइप बगाउँदा १५० घरपरिवार प्रभावित भएको ठोरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

चिसापानी भन्ने ठाउँबाट पाइपमार्फत खानेपानी आउने गरेकामा बाढीले सो पाइप बगाएपछि त्यहाँका बासिन्दा आकासेपानी खान बाध्य भएको कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताए ।

वर्षाको भेलले ठाउँठाउँमा बाटो भत्काउँदा बुद्धनगरसम्म मात्र सवारीसाधन चल्ने भएकाले दर्जनौं गाउँको ठोरीसँग सम्पर्कविच्छेद भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: