पोखरामा आइतबार ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’

Share:

पोखरा । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्ने भएको छ । आउँदो साउन १२ गते आइतबार पोखरामा मेला हुने कम्पनीको पोखरा शाखाले बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

न्यूरोडको सिटी स्क्वायर पार्टी प्यालेसमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुने शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै १२ वटा कलेज तथा यूनिभर्सिटीका प्रतिनीधिहरुले विद्यार्थी तथा उनीहरुका अभिभावकहरुसँग प्रत्यक्ष भेटघाट गर्न पाउने ब्राञ्च को–अर्डिनेटर सरिता गुरुङले जानकारी दिइन्।

कम्पनीले पोखरामा वर्षेनी दुईवटा यस्ता प्रकृतिको मेलाको आयोजना गर्दै आएको छ । विगत ४ वर्ष यता पोखराबाट सेवा दिईरहेको ‘ग्लोबल रिच’ले गर्न लागेको शैक्षिक मेलाको यो नवौँ संस्करण हो । अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने ‘ग्लोबल रिच’ पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्युटिभ सागरबाबु गिरीले बताए।

मेलामा आउने विद्यार्थीहरुका लागि फ्रि एप्लिकेशन, छात्रवृत्ति, निशुल्क आइईएलटिएस कुपन र विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सोही मेलामा विभिन्न ४ वटा बैंकहरुले विद्यार्थीहरुलाई शैक्षिक कर्जाको विषयमा जानकारी समेत दिनेछन् ।

झण्डै तीन सय जनाले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । भारतमा मुख्य कार्यालय रहेको बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनीको फरक फरक देशमा ४० भन्दा बढि शाखाहरु संचालनमा रहेका छन् ।

खासगरि अष्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत र नेपाल लगायतका एसियन मुलुकहरुमा यो कम्पनी सक्रिय छ । १६ वर्ष अगाडि देखि काठमाण्डौबाट सेवा दिन शुरु गरेको कम्पनीको हाल पोखरासँगै बुटवल र चितवनमा पनि शाखा संचालनमा रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: