
नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा गएराति पार्किङ गरी राखिएका एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको बा २ झ ३५२० नम्बरकोे गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गाडी बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो ।
राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
