
कास्की – लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुःख व्यक्त गरेका छन् ।
उनले बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै शोकसन्तप्त परिवार र आफन्तप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले बेपत्ताहरु सकुशल फेला पर्ने आशा सहित उद्धार र राहतका काम लाई तिब्रता दिन आग्रह गरेका छन् । बिज्ञप्ति मार्फत उनले प्राकृतिक बिपत्ति जहाँ जहिले पनि जान सक्ने भन्दै बिपत्ति बाट हुने क्षति न्युनिकरणका लागी पुर्व तयारी गर्न आग्रह गरेका छन् ।
दोर्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको काम गर्दै गरेका कामदारलाई बाढीले बगाएको थियो । बाढीमा परेका चारको शव फेला परेको छ भने सात हराइरहेको प्रहरीले जनाएको छ ।
