एजेन्सी। नेपालको विश्वकप ग्लोवल छनौट मार्ग केही सहज भएको छ । शुक्रबारको पहिलो खेलमा कुवेतले कतारलाई १० रनले र सिंगापुरले मलेसिया लाई ८ विकेट ले पराजित गरेपछि नेपाललाई सहज भएको हो ।
कुवेतले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको कतार निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनाउन सक्यो ।
म्यान अफ द म्याच चुनिएका अदनान आर्डिसले ३२ बलमा ८ चौका र २ छक्का सहित ५६ रनको उत्कृष्ट इनिङ खेले । कतारका लागी तमोर शज्जादले ४६ , नोमान शनवार ३४ , इनाम उक हल २८ र फैसल जाभेदले २५ रन बनाएपनि टोलीलाई हार बाट जोगाउन सकेनन् ।
कतार पराजित भए संगै उसको छनौटमा धक्का लागेको छ । ३ खेलमा २ मा हार र १ मा जितका साथ कतार पुछारमा रहेको छ । सिंगापुर ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्षस्थानमा छ भने नेपाल दोश्रो र मलेसिया तेस्रो स्थानमा रहेका छन् ।
नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरसँग खेल्ने छ ।नेपालले अब कुवेत र सिंगापुरलाई हराउन सके सजिलै छनौट हुने छ।
