काठमाडौ, आश्विन २८ – सरकारले राज्यबिप्लबको मुद्दा लगाएका सिके राउतलाई बिशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त ईजलासले आज राउतलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मोरङ्गबाट पक्राउ परेका राउतले मधेशलाई नेपालबाट टुक्राउने लेख रचना छपाएर मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पुर्याउने काम गरेको प्रहरीको अभियोग छ ।
प्रहरीले सर्वसाधारणलाई आतंकित बनाएको, शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गरेको दावी समेत गरेको छ । अदालत स्रोतका अनुसार, वयानमा राउतले आफुले राष्ट्रिय अखण्डतामा आँच पुर्याउने कुनै पनि कार्य नगरेको दावी गरेका थिए ।
कमेन्ट गर्नुहोस्

