विप्लव कास्कीका नयाँ सेक्रेटरी पक्राउ

Share:

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्कीका नयाँ जिल्ला सेक्रेटरी लोकेन्द्र बिक (सुजन) पक्राउ परेका छन्। हालसालै मात्र नियुक्त भएर पोखरा आएका बिक राम्रोसँग जिम्मेवारी सम्हाल्न नपाउँदै शनिबार दिउँसो साढे ३ बजे तिर महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले भने विरोध जनाएको छ । यसअघि तनहूँ सेक्रेटरी रहेका उनी कास्कीका तत्कालीन सेक्रेटरी आक्रोश पक्राउ परेपछि भर्खरै पोखरा आएका हुन् । यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: