ट्रकसँग बस ठोक्कियो, १ को मृत्यु, ५ घाइते

247
0
Share:

चितवन । चितवनकोे इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन्।

मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन्। उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना बिहान ४ः४५ बजे भएको थियो। दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ। ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: