अफगानिस्तानमा यात्रु बस बाटो छेउमा राखिएको बममा ठोक्कियो, कम्तिमा २८ जनाको मृत्यु

Share:

कान्दाहार–अफगानिस्तानमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएकाे छ । हेरात राजमार्गमा गुडिरहेको यात्रु बस बाटो छेउमा रहेको बममा ठोक्किएर घटना भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

अफगानिस्तानको पश्चिम प्रान्त फाराहमा बुधबार बिहान यो घटना भएको हो । ज्यान गुमाउने सबै सर्वसाधारण रहेको र संख्या अझै बढ्न सक्ने फाराहका गभर्नरका प्रवक्ता फारुक बाराक्जाइले बताएका छन् ।

बम कसले राखेको हो भन्ने खुलेको छैन । तर अफगानिस्तानमा इस्लामिक बिद्रोही समूह तालिबानले बम बिस्फोट तथा यस्ता खालका आक्रमण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: