
जिम्बाब्वेका खेलाडीहरुले आफ्नो देशको क्रिकेट जोगाउनका लागि सित्तैमा खेल्न तयार रहेको बताएका छन् । आईसीसीले हालै जिम्बाब्वे क्रिकेटलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि प्रतिबन्ध लगाएको थियो ।
आईसीसीको आउँदो टी-२० क्वालिफायरका लागि सित्तैमा खेल्न खेलाडीहरु तयार रहेको खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । महिलाको टी-२० क्वालिफायर अगस्ट र पुरुषको क्वालिफायर अक्टोबरमा हुँदैछ ।
आईसीसीले प्रतिबन्ध लगाएकाले उनीहरुको यो प्रतियोगितामा सहभागिता अनिश्चित जस्तै छ । आईसीसीले १८ जुलाईमा जिम्बाब्वे क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाउँदै सहयोग पनि रोकेको छ ।
यसैगरी आईसीसीले आयोजना गर्ने कुनै पनि प्रतियोगितमा सहभागिता जनाउन नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।
