कहिले आउँछ टिक टक ल्याउने कम्पनीको स्मार्टफोन ?

Share:

बेइजिङ । टिक टकको सफलतापछि यसलाई बनाउने कम्पनी अब स्मार्ट फोनको बजारमा आउने तयारीमा लागेको छ ।

टिक टक अहिलेको समयमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको सोसल मिडिया एप हो । जसका करिब ५० करोड प्रयोगकर्ता छन् । टिक टकमा १५ सेकेण्डको भिडियो पोस्ट हुने गरेको छ ।

यो एपलाई प्लेस्टोरबाट करिब १०० करोड पटक डाउनलोड गरिसकिएको छ । टिक टकको डेभलपर बाइटडान्स अब स्मार्टफोनको दुनियामा प्रवेश गर्न विचार गरिरहेको छ ।

बाइटडान्सको नयाँ मोबाइल सात महिनाभित्र आउने सम्भावना छ । बाइटडान्स मात्रै यसरी भिडियो हुँदै मोबाइलमा प्रवेश गरेको पहिलो कम्पनी भने होइन । यसअघि सन् २०१३मा चीनको सेल्फी एप बनाउने कम्पनी मीतुले पनि स्मार्ट फोनको दुनियाँमा प्रवेश गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: