फिल्म ‘रे’ को प्रचारप्रसारलाई तीव्र पारिदै

Share:

कार्यक्रममा बोल्दै निर्माता राजेन्द्र त्रिपाठीले फिल्म रे एक्सनसँगै सामाजिक प्रेम कथामा आधारित फिल्म भएको बताए । यस्तै निर्देशक दिनेश पौडेलले यस फिल्म मार्फत आफ्नो सँकृतिलाई जोगाउनु पर्छ भन्ने सन्देश दिन खोजेको बताए । साथै सम्पुर्ण टिमले धेरै मेहनत गरेको र दर्शकको मन जित्न सक्दो प्रयास गरिएको समेत उनले बताए ।

उक्त फ्लिममा खलनायकको रूपमा रहेका सुनिल थापाले नेपाली फ्लिम इन्डस्ट्रिजको टेक्निकल मेकअपमा इम्प्रुभ भएको बताउदै नेपाली फ्लिमलाई सकारात्मक रुपमा हेरिदिन आग्रह गरे । “आहिले दर्शकहरु नेपाली फ्लिमको स्टाइललाई विदेशी फ्लिमसँग दाँज्ने गर्नुहुन्छ, यसरी विदेशी फ्लिमसँग नदाज्दिनुहोला ।” उनले भने–“हाम्रो नेपाली फ्लिममा क्वालिटी र मेकिङमा कमी छ भन्न खोजेको होइन तर हाम्रो मार्केट छैन त्यसैले मार्केटिङ हेरेर नेपाली फ्लिमलाई माया गरेर हेरिदिनुहोला ।”

नायक दिवस धितलले रे फ्लिमको बलियो पक्ष नै कथावस्तु भएको बताए । यस फ्लिम मार्फत आफू पहिलो पटक एक्सनमा प्रतुत भएको बताउदै यस फ्लिमले फुल इन्टरटेन्मेन्ट दिने समेत बताए । यस्तै नायिका सुजाता थापाले आफू रुनेधुने देखि एक्सन सम्मको अभिनयमा देख्न सकिने बताइन् ।

फिल्ममा किशोर खतिवडा, दिवस धितल, सुजाता थापा, सुनिल थापा सँगै पूर्णिमा लामा, रक्षा गुरागाई, अभिषेक जोशी, क्रान्ति रसाईलीको पनि मुख्य भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: