
बाजुरा । बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
गएराति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको हो । अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ ।
कमेन्ट गर्नुहोस्
