प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै

240
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर प्रस्थान गर्ने भएका छन् । उनी सिल्क एयरको उडानबाट राति ९ः४५ बजे सिंगापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनको उपचार सिंगापुरको सरकारी नेपाल युनिभर्सिटी अस्पतालमा हुनेछ ।  स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन्। ओलीको साथमा निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको छ ।

गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइको बढेकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लागेका हुन्। धपेडीका कारण पनि प्रधानमन्त्रीको स्वाथ्यमा समस्या भएको भन्दै आराम गर्न समेत चिकित्सकले सुझाव दिएका छन्।

यसअघि स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उनले उपचार गराएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: