किसान समक्ष पुग्न स्याङ्जामा कृषिसम्बन्धी प्रोजेक्ट सञ्चालन

Share:

स्याङ्जा – स्याङ्जाको वालिङमा कृषि सम्बन्धी मोडल प्रोजेक्टको थालनी भएको छ । यूएनडीपीको १ करोड र वालिङ नगरपालिकाको १ करोड गरी २ करोड लगानी रहने गरी मोडल प्रोजेक्टको थालनी गरिएको हाे ।

 यस योजना दियालो गैह्र सरकारी संस्थाले यूएनडीपी र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न गर्नेछ । योजना अन्तर्गत सीप, तालिम र कृषि उद्यम विकासद्वारा आर्थिक सशक्तिकरणमा जोड दिइनेछ

सय सहकारीमार्फत किसान समक्ष पुग्ने गरी दीगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले लिएकाे लक्ष्य पूरा गर्न स्थानीय सरकारसँग सहकार्य गरी याे योजना सम्पन्न गरिने छ।

कमेन्ट गर्नुहोस्
Share: