
पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारको टोलीले छापा मारेको हो ।
अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमितता भएको उजुुरीका आधारमा छानविनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि विभिन्न संस्थाले आवेदन दिए पनि अस्पतालका कर्मचारीहरुकै असल छिमेकी सहयोगी संस्थालाई दिने निर्णय गरेपछि अख्तियारमा उजुरी परेको थियो ।
कमेन्ट गर्नुहोस्
