पोखराकाे दुई ठाउँबाट १९ जना जुवाडे पक्राउ

Share:

पोखरा । पोखराकाे दुई ठाउँबाट १९ जना जुवाडे पक्राउ परेका छन् । पोखरा-११ फुलबारी र पोखरा-२५ हेम्जाबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट रु १ लाख ९ हजार २ सय ५० र ९ बुक तास बरामद गरिएको छ ।

फुलबारीबाट ४ जना र हेम्जबाट १५ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बिगखबरलाई जानकारी दिए ।

फुलबारीमा डेरा गरी बस्ने म्याग्दी घर भएकी ४४ वर्षीया आशा तिलिजाको डेरामा जुवातास खेलिरहेका अवस्थामा तिलिजासहित चारजना पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६७ हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद भएको छ ।

यस्तै हेम्जाबाट पक्राउ पर्नेको साथबाट ४१ हजार ७ सय ७५ रुपैयाँ र ६ बुक तास बरामद भएको छ । उनीहरु सोम बहादुर छम्त्यालको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

यो पनि : पोखराको यौन व्यवसायतिर कास्की प्रहरीको नजर, एकै दिन १७ जना पक्राउ

कमेन्ट गर्नुहोस्
Share: