
काठमाण्डौ – केहि दिन यता उकालो लागिरहेको सुनको भाउले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो भाउ अहिलेसम्मकै बढी हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको छ ।
भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको बताइएको छ । यसैबीच भाउ महँगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन्।
कमेन्ट गर्नुहोस्
