लेखनाथमा औद्योगिक क्षेत्र स्थापना सम्वन्धी वृहत छलफल

Share:

लेखनाथ १ कात्र्तिक । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा शनिवार लेखनाथमा औद्योगिक क्षेत्र स्थापना सम्वन्धी वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिका स्थापना भए पश्चात उद्योगहरुको क्रमिक रुपमा वृद्धिहुदै गएको र यस क्षेत्रमा सरोकारवाला संघ संस्थाहरुले लेखनाथमा औद्योगिक क्षेत्र स्थापना आवश्यक रहेको महशुस गरि अध्ययन गर्ने क्रममा लेखनाथ नगरपालिको पटनेरी स्थित सेती किनारमा रहेको जग्गा औद्योगिक क्षेत्र स्थापना गर्दा वातावरणीय रुपमा पनि कुनै नकरात्मक प्रभाव नपर्ने, फोहोर व्यवस्थापन गर्न सकिने, शडकको उचित व्यवस्था भएको साथै अन्य पुर्वाधार निर्माणमा कुनै समस्या नरहेका कारण उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रवल सम्भावना रहेको सहभागीहरुको धारणा थियो ।

dipank

औद्योगिक क्षेत्र व्यवस्थापन लिमीटेडका महाप्रवन्धक राजेन्द्रकुमार थापाले औद्योगिक क्षेत्र व्यवस्थापनका गतिविधीका वारेमा जानकारी दिदै लेखनाथ राजमार्गसगै जोडिएको स्थान भएकाले औद्योगिक क्षेत्र स्थापनाका लागि सहज रहेको र नेपाल सरकारले पनि प्राथमिकतामा राखेकाले यस क्षेत्रका राजनैतिक पाटी, सरोकारवाल संघ संस्था, नागरिक समाज एक भएर लागेमा लेखनाथमा औद्योगिक क्षेत्र स्थापनाको प्रवल सँभावना रहेको र आफु यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनामा लागि पर्नेमा जोड दिएका थिए ।

लेखनाथ नगरपालिकाकार्यालयका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले लेखनाथ नगरपालिकाले सोही क्षेत्रलाई विगत देखिनै औद्योेगिक क्षेत्र स्थापनाका लागि छूट्टाएको र त्यस क्षेत्रमा रहेका केही व्यक्तिहरुको जग्गाको क्षतिपुत्र्तिको व्यवस्थापन समेत मिलाएकाले लेखनाथ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।कार्यक्रममा नेपाली काग्रेस नगर सचिव विश्वराज लामिछाने, नेकपा एमाले नगर अध्यक्ष मोहन गुरुङ, नेकपा एमाओवादीका नगर अध्यक्ष विनय थापा,नेकपा माओवादीका किसानसिङ गुरुङले नगरको विकाका लागि सवै राजनैतिक पाटी एक भएर लाग्नका लागि आग्रह गर्दै कार्य सम्पन्न नभईन्जेल सम्मका लागि सामुहिक भावनाले अगाडी वढनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, नेपाल औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडका योजना तथा विकास विभाग प्रमुख राजकुमार मण्डल, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र प्रवन्धक नेपाल भुषण वैद्य, उद्योगपति गोविन्द्रप्रसाद कर्माचार्य लगायतका वक्ताहरुले भौतिक पुर्वाधार, सुरक्षा लगायतका सम्पुर्ण पुर्वाधारले उपयुक्त रहेको र नगरको विकासमा सवै एक वद्ध भई लाग्ने भएकाले औद्योेगिक क्षेत्र स्थापनाका लागि प्रचुर सम्वावना रहेको र आ आफ्नो क्षेत्रवाट लागि पर्ने धारणा राखेका थिए साथै सवैलाई सहयोग गर्नका लागि आग्रह समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: