
नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी (नारायणी) नदीमा दुई बच्चासहित आमाले फालेर आत्महत्याको प्रयास गरेकी छिन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ बस्ने लख्खी लोहारकी श्रीमती २४ वर्षीया सुधा विश्वकर्माले २ वर्ष ७ महिनाको छोरा अविनाश वि.क. र १ महिना १५ दिनकी छोरी निकिता वि.क.सहित नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन् । उनले दुई बच्चासहित त्रिवेणीको ब्यारेज पुलबाट नदीमा हाम फालेकी थिइन् ।
नदीमा हाम फालेको देखेर स्थाननियले तत्कालै उद्धार गरि तिनै जनालाई उपचारको लागि भारत तर्फ पठाईएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा छोरा र छोरीलाई मृत घोषणा गरेका थिए भने आमा सुधा बिश्वकर्माको उपचार भईरहेको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिएका छन् । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई घटनाकको विषयमा थप अनुसन्धान भईरहेको जनइएको छ ।
