पोखरामा बजार अनुगमन : नियम विपरित प्रयोग भएका तराजु र माना जफत

1315
0
Share:

पोखरा । पोखरामा नियम विपरित प्रयोग भएका ६९ वटा तराजु र माना नियन्त्रणमा लिइएको छ । पोखराका विभिन्न ठाउँमा गरिएको अनुगमनको क्रममा सो परिमाणका नापतौलका एकाइहरु जफत गरिएको हो ।

पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, नापतौल तथा गुणस्तर कार्यालय पोखरा, उपभोक्ता मञ्च कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र पोउवा संघ सहितको संयुक्त अनुगमन टोलीले बुधबार साँझ अनुगमन गरेको होे ।

अनुगमनका क्रममा इस्प्रिङ तराजु ३१ वटा, माना १९ वटा र अन्य एकाइ १९ वटा गरि ६९ वटा एकाइ जफत गरिएको हो । पोखराको मुख्य बजार पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुङगामा सो अनुगमन गरिएको थियो ।

फलफूल, तरकारी र मसला खरिद बिक्रीमा यस्ता सामाग्री बढी प्रयोग हुने गरेको पाइएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बिगखबरलाई जानकारी दिए ।

कानुनअनुसार नेपालमा ढक, तराजु, लिटर र मिटर मात्रै प्रयोग गर्न पाइन्छ । इस्प्रिङ तराजु वस्तु खरिद विक्रीमा प्रयोग गर्न नपाउने नियम रहेको छ ।

उपभोक्ता ठगिने गरेको गुनासोलाई ध्यानमा राख्दै पोखरामा बजार अनुगमनको काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: