गोरखामा रेडक्रसको राहत सामग्री चोरी गर्ने ४ जना पक्राउ

Share:

गोरखा । गोरखामा रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, गोरखाले बुधबार चोरी गर्ने चार जनालाई पक्राउ गरेकाे हाे ।

गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझीलाई प्रहरीले पक्राउ गरेकाे हाे। उनीहरूकाे काेठाबाट चाेरी भएकाे सामाग्री समेत फेला परेकाे  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

गत असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका सामाग्री उनीहरूले चाेरी गरेका  थिए ।

करीब रु दुई लाख ५० हजार बराबरको सामग्री चोरी भएकाे  थियाे । उनीहरू माथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

कमेन्ट गर्नुहोस्
Share: