नक्कली नोट छाप्ने मेसिनसहित चार पक्राउ

198
0
Share:

धनगढी – कैलालीमा नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलबाट १७ गते उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका– १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे– १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उप–महानगरपालिका–३ का २४ वर्षे पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले बताए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान ब्रोदर कम्पनिको मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: