
पोखरा । कपिलवस्तु र दाङमा गाउँपालिकाको गाडीमा आगजनी भएको छ । शनिवार राती कपिलवस्तुको मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्दै आएको गाडीमाथि आगजनी भएको हो ।
लु. १ झ ४०० नं. को सरकारी गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सदरमुकाम तौलिहवा स्थीत उनको भाडामा लिइएको निवास परिसरमा पार्किङ गरेर राखेको गाडीमा राती करिब साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा आगजनी भएपछि कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाएको थियो ।
यस्तै, दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा पनि आगजनी भएको छ । अज्ञात समूहले गाउँपालिकाको रा १ झ १५२ नम्वरको बोलेरो गाडीमा आगजनी भएको हो ।
मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडीमा शनिबार राति अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले निभाएको थियो । बंगलाचुलीका अध्यक्ष वली पूर्वमाओवादीवाट निर्वा्िचत हुन् ।
दुवै गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडी कसले र किन आगजनी ग¥यो भन्ने थाहा हुन नसकेको र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
