
काठमाडौं । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
उनी गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार फर्किन लागेका हुन्। उनको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको छ। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही १८ साउनमा त्यसतर्फ गएका थिए ।
कमेन्ट गर्नुहोस्
