‘गो ब्याक’ नेयमार भन्दै देखाए प्रशंसकले ब्यानर

Share:

एजेन्सी– फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्सलाई पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ । आइताबर राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले पराजित गर्दै यो सिजनको शुरुवात गरेको हो ।

आइतबारको खेलपछि पीएसजीका प्रशंसकले नेयमारलाई ‘गो ब्याक’ भन्दै ब्यानर देखाएका छन् । अघिल्लो सिजनको लिग वान च्याम्पियन पीएसजीले यो सिजनमा पनि आफुलाई च्याम्पियन बनाउने लक्ष्य सहित खेलिरहेको पीएसजीले बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: