प्रधानमन्त्री ओलीकाे बकर ईदको उपलक्ष्यमा शुभकामना

160
0
Share:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। ईद–उल– अज्हा (बकर ईद) को अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकोले यहाँका सबै जाति र संस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएका छन् । बकर ईदले आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: