११ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

216
0
Share:

काठमाडौं– एक ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १ जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् ।

पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बोकटीका अनुसार पीडित पक्षको उजुरीका आधारमा पुजारीलाई पक्राउ गरिएको हो । पुजारी अहिले महानगरीय प्रहरी बृत्त जनसेवाको हिरासतमा छन् । प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: