
महोत्तरी – महिलाको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालयले मोबाइलको आईएमई नम्बरको आधारमा पक्राउ गरेको छ ।
गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आईएमईका आधारमा स्थानीय २ जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो ।
आइतवार पक्राउ परेका गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले सोमवार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
कमेन्ट गर्नुहोस्
