इबोला महामारी फैलनुमा आफ्नै दोष रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन

386
0
Share:

एजेन्सी । विश्व स्वास्थ्य संगठनले इबोला संक्रमण मामिलामा तत्काल कदम चाल्न नसकेको एक आन्तरिक रिपोर्टले जनाएको छ । अन्तर्राष्ट्रिय समाचारसंस्थाहरु एपी र ब्लुमबर्गले प्राप्त गरेको सो गोप्य रिपोर्टमा जानकारीको अभाव र कर्मचारीको असक्षमताका कारण इबोलासम्बन्धमा आवश्यक कदम चाल्न ढिलाई भएको उल्लेख छ । इबोलाको महामारी शुरु हुनेबित्तिकै संगठनले गम्भिरताका साथ नलिदा महामारीले भीषण रुप लिएको रिपोर्टमा जनाइएको छ ।

resize_image.php

संगठनको मुख्यालयमा स्थलगत रिपोर्टहरु नपठाउनु, पछिल्लोपटक गुयनामा देखिएको पहिलो इबोला संक्रमणबिरुद्ध आवश्यक कदम चाल्न पठाउने भनिएको ५ लाख डलर कर्मचारीतन्त्रको अवरोधका कारण नपुग्नु र भिजा नपाउदा बिदेशी चिकित्सकहरु प्रभावित स्थानमा समयमै नपुग्नु लगायत कारण प्रमुख भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । संगठन प्रमुख इसाबेल नुत्तलले संगठनमाथि लागेका आरोपहरुको छानबिन गर्ने समय आउने भन्दै त्यसअघि इबोला बिरुद्धको लडाइ जारी रहने बताउनुभएको छ ।

संगठनको पछिल्लो तथ्यांक अनुसार इबोला संक्रमणका कारण लाइबेरिया, गुयना र सियरा लियोनमा हालसम्म ४ हजार ५ सय ४६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ९ हजार २ सय पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: