
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन्। स्थानिय प्रदीपकुमार यादवले श्रीमतीको हत्या गरेका हुन्।
घरायसी झगडा भएको बहानामा मंगलबार घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । आनन्दीलाई उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न प्रदीप फरार रहेका छन्।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हत्या भएका कारण सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
