पोखरामा आइतबार एम्पायरको ‘अष्ट्रेलियन एजुकेसन फेयर’

Share:

पोखरा । पोखरामा आउँदो भदौ १ गते (आइतबार) ‘एम्पायर ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएकोे छ । एम्पाएर एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा फेयर हुन लागेको हो ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई सही परामर्श दिन फेयरको आयोजना गरिएको एम्पाएरका जेनेरल म्यानेजर विक्रम शाही ठकुरीले जानकारी दिए । एम्पाएरको आफ्नै कार्यालय महेन्द्रपुलस्थित पोखरा मोबाइल टावरमा फेयर हुनेछ । बिहान १० बजेदेखि सुरु हुने फेयर साँझ ५ बजेसम्म चल्ने उनले बताए ।

अष्ट्रेलियाका १५ वटा युनिभर्सिटीका प्रतिनिधि फेयरमा सहभागी हुनेछन् । फेयरमा १५० भन्दा बढी विद्याथी सहभागी हुने अनुमान गरिएको छ । प्रवेशका लागि कुनै शुल्क लाग्ने छैन् ।

फेयरमा सहभागीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको आयोजकले बताएको छ । सहभागीहरुको भिजा लागेपछि टिकटमा १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यसैबीच गएको मंगलबार काठमाडौंस्थित शाखाले आयोजना गरेको फेयर अष्ट्रेलिया जान चाहाने विद्यार्थीका लागि फलदायी भएको एम्पाएरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: