भारतको स्वतन्त्रता दिवसमा नेपाललाई सहयाेग

280
0
Share:

काठमाडौं । भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको छ। बिहीबार काठमाडौंमा रहेको भारतीय दूतावासले औपचारिक कार्यक्रमको आयोजना गरी अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारतीय सेनामा कार्यरत रहँदा बीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम पनि हस्तान्तरण गरे।

 

कमेन्ट गर्नुहोस्
Share: