प्रधानमन्त्री ओली : मेराे स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको छैन

554
0
Share:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अहिले स्वस्थ्य रहेको बताएका छन् । शुक्रबार झापाका जनप्रतिनिधिहरुसँग भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न आएका झापाका जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले भने आफू अहिले स्वस्थ्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति धेरै चिन्ता लिनुनपर्ने बताए ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका ओली १० दिनपछि सोमबार स्वदेश फर्किका थिए ।

कमेन्ट गर्नुहोस्
Share: