गुरुङ साहित्यिक मञ्चको दसौ रचना वाचन तथा तमू संसार पत्रिकाको वेभसाइड विमोचन सम्पन्न

Share:

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको नियमित दसौ रचना वाचन श्रृङ्खला आज पोखरामा सम्पन्न भएको छ । मञ्चले स्थापनाकालदेखि सुरु गर्दै आएको रचना वाचन कार्यक्रम प्रत्येक दुई दुई महिनामा महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको छ ।

मञ्चकी अध्यक्ष गौरी गुरुङको अध्यतामा भएको कार्यक्रममा तेजबहादुर च्हाक्ली गुरुङ, सम्राट गुरुङ, प्रतिमा गुरुङ, अमृत गुरुङ, मणिलाल गुरुङ, राज गुरुङ, सुजन गुरुङ, उमा गुरुङ, चन्द्रवती वाग्ले, ज्ञानबहादुर गुरुङ, रोशनी गुरुङ, गौरी गुरुङ लगायत आफनो रचना वाचन गरेका थिए ।

यसैबीच सोहि कार्यक्रममा तमू संसार त्रैमासिक पत्रिकाको वेभ साईड विमोचन कार्यक्रम पनि सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष तथा तमू संसार पत्रिकाकी भाषा सम्पादक गौरी गुरुङले उक्त वेभसाइडको विमोचन गर्नुभएको हो । विगत १८ वर्षदेखि तमू समुदायमा केन्द्रित रहेर निरन्तर रुपमा प्रकाशन हुँदै आएको सो पत्रिका अब संसारको जुनसुकै कुनाबाट पनि www.tamusansar.com मार्फत पढन् र हेर्न सकिने छ ।
पत्रिकाकी सम्पादक रोश्मी गुरुङ (रोशनी) ले वेभसाइडको बारेमा जानकारी दिदै देश विदेशमा जहाँ बसेता पनि सजिलै पत्रिका पढ्न सकियोस् भनेर आफूहरुले वेभसाईड सञ्चालनमा ल्याएको बताउनुभयो ।

वेभसाईडमा तमू संसारको नयाँ पुरानो सबै अंकहरु पढ्न र डाउनलोड गर्न सकिने समेत उहाँले जानकारी दिनुभयो ।
गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव रोशनी गुरुङले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: