
काठमाडौं – वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्रै चलचित्र र नाटकमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्र ‘बासुदेव’, ‘चिनो’, ‘स्वर्ग’, ‘बादल पारि’, ‘बेहुली’ लगायत कैयन् हिट छन् ।
अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्। उनको अन्त्येष्टी आज पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।
