जिप दुर्घटना हुँदा एकको मृत्यु

238
0
Share:

काठमाडौँ – सप्तरीमा शनिबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका सहभागी बोकेर विराटनगर जाँदै गरेको वा १६ च २२३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका –११ बक्साह चौकमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बोलेरोमा सवार रुपन्देहीका पत्रकार डायलसन अधिकारीको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी मनोज यादवले बताए । अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।अनियन्त्रित भएको जिपले पार्किङ गरी राखिएको स्कुटरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: