
एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा शनिवार अबेर रात गरिएको आत्मघाती बम विस्फोटमा ६० भन्दा बढी मानिसको मृत्यु भएको छ । करीब १८० जना घाइते भएको बताइएको छ ।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । मर्नेको संख्या बढ्ने आशंका गरिएको छ । काबुलको पश्चिममा रहेको एक विवाह हलमा विस्फोट गरिएको हो । समारोहमा एक हजारजना भन्दा बढी मानिस उपस्थित थिए ।
अफगान गृह मन्त्रालयका प्रवक्ता नुसरत रहीमीले बताएअनुसार, आक्रमणकारीले मानिसहरूको बीचमा गएर विस्फोट गराएको थियो । बिहेको स्टेजनजिक यो घटना भएको थियो । आक्रमणमा अनेकौं बालबालिका समेत मारिएको एक प्रत्यक्षदर्शीले बताए ।
कमेन्ट गर्नुहोस्
