
बागलुङ । बागलुङमा अविरल वर्षासँगै आएको भलले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
आइतबार साँझ आएको भलले बगाउँदा बडिगाड गाउँपालिका–७, थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको हो । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत शर्मिलालाई भलले बगाएको स्थानीयले बताएका छन् ।
विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक किनारमा आएको भलले बगाएको थियो । उनलाई बगाएर झण्डै ५०० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
