
पोखरा । गण्डकी स्टार २०७६ को ग्रान्ड फिनाले साउन ३२ गते पोखरामा भव्य रुपमा सम्पन्न भएको छ ।
सुन्दर नगरी पोखरा प्राकृतिक रुपले मात्र धनी नभइ कला र संस्कृतिक रुपमा पनि त्यतिकै धनी छन् । पोखराका हावपानीमा जन्मिएर हुर्केका कलाकारहरुको कला र क्षमताको विकास र प्रस्फुटन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा रोशन गुरुङ प्रथम, ज्योति गौचन द्वितीय र निशा थारु तेस्रो भएकी छिन् भने विशाल रानाभाट चौथों र राजन विक पाँचौँ भएका थिए ।
त्यसैगरी कार्यक्रममा अन्य थुप्रै विधाहरुमा पनि सहभागिताहरुले उपाधि हाँसिल गरेका थिए । अन्य विधाहरुमा किसन गुरुङले वेस्ट प्यारेन्टको उपाधि पाएँ भने नरेशा शर्माले स्टेज कभरको उपाधि पाए । र हार्ड ओर्किङ पर्सनको उपाधि भने पवित्रा पाण्डेले हात पारेका थिए ।
प्रतियोगिताको निर्णायकमा गायन प्रशिक्षक एवं संगीतकार करण तामाङ , प्रकाश नेपाली र कमला सुनार रहेका थिए । शुरुवातमा ४० जना प्रतियोगीहरुको सहभागिता रहेको उक्त गायन प्रतियोगितामा १६ जनाले मात्र फाइनल पुग्ने अवसर प्राप्त गरेका थिए ।
कार्यक्रम नन्द इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त कार्यक्रमको प्रदेश ट्राफिक कार्यालय गण्डकीका एसपी विरेन्द्र बस्यालले उद्घाटन गरेका थिए । कार्यक्रम नन्द ईन्टरटेन्टमेन्टका सल्लाहकार राम चन्द्र वलिको अध्यक्षतामा भएको थियो । मिलन नेपालीले संयोजन गरेको कार्यक्रमको सञ्चालन भने देवेन्द्र एस के शाही, पार्बती थापा र निशा थापा मगरले संचालन गरेका थिए ।
