प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

Share:

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।  संक्रमणकालीन न्यायको विषयको टुंगो लगाउन प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आयोग गठनको काम एक हप्तामा टुंगो लगाइसक्ने बताएका  थिए । त्यसै अनुसार उनले मंगलबार सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: